हिमालयन जनरल इन्स्योरेन्सद्धारा आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा

Himalayan General Insurance
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो । कमपनीको फागुन ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यससँगै सेयरधनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

प्रतिकृया दिनुहोस्