ज्योति विकास बैंकद्धारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर हस्तान्तरण

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी नुवाकोटलाई एक÷एक थान बेबी वार्मर प्रदान गरेको हो । सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रुपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्