किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Kisan Laghubitta
  • बैंकिङ संसार
कैलाली । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ७३१.१७ प्रतिशतले धेरै हो ।

गत वर्ष यही अवधिमा कमपनीले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको थियो । यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले सञ्चालन नाफा भने ३ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी कम्पनीले १७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १० करोड ८० लाख रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी ९.४७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.५२ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्