कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सम्झौता, व्यवसायीलाई ५० लाख रुपैयाँसम्म कर्जा दिने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सम्झौता भएको छ । बैंकले ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा उक्त सम्झौता भएको हो । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सम्झौता गरेका हुन् । उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुले उक्त कर्जा सुविधा पाउने भएका छन् ।

यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजीकर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम ५० लाख रुपैयाँ रहने छ । उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने भएको छ । बैंकले हाल १ सय ९२ शाखा कार्यलय, १ सय ५६ एटीएम, २३ शाखा रहित बैंकिङ सेवा र १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्