कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनामा ५ बैंकले ऋण लगानी गर्ने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनामा ५ बैंकले ऋण लगानी गर्ने भएको छ । कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको उक्त परियोजनामा ऋण लगानी गर्ने भएको हो ।

४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी लगानी गर्ने भएको हो । उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक बाहेक ग्लोबल आइएमई बैंक, सह-अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र माछापुच्छ्र्र्रे बैंक लिमिटेड रहेका छन् । यस परियोजनाको कूल लागत खर्च ८ अर्ब ३० करोड रुपैयाँ मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्ब ८१ करोड रुपैयाँ प्रवाह हुने भएको छ ।

प्रवन्धक कम्पनीको मूख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् । यस्तै वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहने भएको छ । परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्न गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् ।

प्रतिकृया दिनुहोस्