मोबाइल एप्लिकेसनबाट कुमारी बैंकका ग्राहकले आन्तरिक रेमिटेन्स पठाउन सकिने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकले आफ्नो मोबाइल बैकिङ एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्ने भएका छन् ।

रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरुमार्फत रकम बुझ्न सक्नेछन् । नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । बैंकले देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटिएम, २२ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्