माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पोखराका ३ स्थानमा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पोखरामा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्धार्थ चोकमा रहेको कम्प्लेक्समा फागुन १४ गते शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक क्यूआर कोड सुभारम्भ गरेको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंककाका निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको उद्घाटन गरेका हुन् । यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्ने भएका छन् ।

त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्ने भएका छन् । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्