एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी

NIC Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गोकर्णेश्वर नगरपालिका-९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो निजलाई यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो । हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ(अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्ने भएका छन् ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको २ करोड ४८ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेकोे विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म देशभरी ३ सय ५२ शाखा कार्यालयहरू, ४ सय ७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङमार्फत् आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्