नेपाल इन्भेस्टमेन्ट बैंकको ८७औं शाखा कार्यलय सिराहामा, मुनि साह र सुशील श्रेष्ठद्धारा उद्घाटन

Nepal Investment Bank
  • बैंकिङ संसार
सिराहा । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले लाहान नगरपालिकाको वडा नम्बर ८ सिराहामा आफ्नो ८७औं शाखा कार्यलय संचालनमा ल्याएको हो । उक्त शाखा कार्यलयको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका हुन् ।

लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म ८७ शाखा कार्यलय, १ सय २८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्