नेरुडे लघुवित्तको वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने विषयहरु

Nerude Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । फाल्गुन २२ गते संस्थाले प्रस्तावित लाभांश पारित गर्न आफ्नो १४औं वार्षिक साधारणसभाको आव्हान गरेको हो ।सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।सभामा जाने प्रयोजनको लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ । यससँगै फागुन ६ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

प्रतिकृया दिनुहोस्