सानिमा बैंकको नयाँ शाखा टोखामा, मह जोडीद्धारा उद्घाटन

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मंगलबार काठमाडौंको टोखास्थित ग्रान्डि हस्पिटल नजिकै नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त कार्यालयको समुद्घाटन् कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् ।

समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना पनि व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकले हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्