बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिमा ३ जना निर्विरोध निर्वाचित

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभा चैत ३ गते मंगलबार एक समारोहकोबीच सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा उक्त साधरणसभा सम्पन्न भएको हो ।

उक्त विशेष साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेतीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्