बैंक अफ काठमाण्डूको क्यूआर कोड २२ वटा बसमा, रवि काफ्लेद्धारा हस्तान्तरण

Bank  Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा सुरु गरेको हो । फागुन २८ गते भएको उक्त कार्यक्रममा बैंक अफ काठमाण्डूको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

यस सेवाको शुभारम्भसँगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म यात्रा गर्ने ग्राहकले बसमा राखिएको बैंक अफ काठमाण्डूले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्ने भएका छन् । सेवाग्राहीले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

साथै कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त यस बस सेवा प्रयोग गर्ने सबै ग्राहकले क्युआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्