सिटिजन्स बैंक र अलिवकबाव सुलतानेट रेस्टुरेन्टबीच सम्झौता, रेस्टुरेन्टको सेवामा विशेष छुट पाइने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र अलिवकबाव सुलतानेट रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंक र अलिवकबाव सुलतानेट रेस्टुरेन्टबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धमा उक्त सम्झौता भएको हो । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिवकबाव सुलतानेटसँगको यो सहकार्य पश्चात् बैंकका कार्डबाहक ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ । बैंकले हालसम्म आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्