ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यलय बाजुराको मार्तडीमा, सबै क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्य

Global IME Bank
  • बैंकिङ संसार
बाजुरा । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका-८ मार्तडीमा नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको हो । बैंकले चैत्र १० गते मंगलबार उक्त शाखाबाट बैंकिङ सेवा सुरु गरेको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ ।

बैंकले हालसम्म २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५६ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय भन्दा बढि सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकहरूमाझ बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्