ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप ३ नयाँ शाखा कार्यलय

  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका-३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका-४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका-५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ ।

बैंकले हालसम्म २ सय ७३ वटा शाखा कार्यलय, २ सय ४२ वटा एटिएम, २ सय ५७ वटा शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरुमाझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्