महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा चैत १३ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको वार्षिक साधारणसभा चैत १३ गते हुने भएको हो । कम्पनीको १९औं वार्षिक साधारणसभा काठमाडौंको दरवारमार्गस्थित बैंकको रजिष्ट्रर कार्यालयमा हुने भएको हो । बैंकको आगामी चैत ३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन बुक क्लोज गर्न लागेको हो ।

यससँगै चैत २ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश र सभामा सहभागि हुन पाउने भएको छन् । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिकृया दिनुहोस्