मेगा बैंक र कर्मा समूहबीच सम्झौता, गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा प्रदान गर्ने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेड र कर्मा समूहबीच सम्झौता भएको छ । बैंकले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धमा उक्त सम्झौता भएको हो । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

यस्तै दोश्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरुलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ । इच्छुक कृषकहरुले आवश्यक कागजात पेस गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अवस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरुको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्