मुक्तिनाथ विकास बैंक र होटल सबरीनाबीच सम्झौता, होटलको सेवामा आकर्षक छुट पाईने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र होटल सबरीनाबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी होटल सबरीनासँग सम्झौता गरेको हो । बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होटल सबरीना विशेष छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेका छ ।

प्रतिकृया दिनुहोस्