मल्टीपर्पस फाइनान्सको १७ लाख कित्ता संस्थापक समूहको सेयर बिक्री खुल्ला

Multipurpose Finance
  • बैंकिङ संसार
सप्तरी । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले फागुन २८ गते शुक्रबारबाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।

सेयरको न्युनतम मुल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ । लगानीकर्ताले न्युनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । त्यसैगरी उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्ने भएको छ । लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्रबाट आवेदन दिन सक्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्