नेपाल क्रेडिट एन्ड कमर्स बैंकले गर्यो शुक्रबारदेखि ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले चैत्र १३ गते शुक्रबारदेखि ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले १० वर्ष अवधिको ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ भने ११ लाख ४० हजार कित्ता सर्वसाधारण तवरबाट बिक्री गर्ने भएको छ । यस्तै बाँकी ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

यस ऋणपत्रमा वार्षिक ९.५० प्रतिशत ब्याजदर पाइने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिने भएको छ । उक्त ऋणपत्रमा छिटोमा चैत १८ गतेसम्म आवेदन दिन सकिने भएको छ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत २७ गतेसम्म भर्न सकिने भएको छ ।

यसमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिने भएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रिपल बि’ रेटिङ दिएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्