नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा कार्यलय चितवनको हाकिमचोकमा

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकल चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा कार्यलय संचालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमकाबीच एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाको उपस्थित रहेको थियो ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायलाई वित्तीय कारोबारमा सहजताका लागि क्यूआर कोड पनि हस्तान्तरण गरेको छ । क्यूआर कोड हस्तान्तरण गर्दै एनसीसी बैंकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैंकले सेवा गर्ने जानकारी दिए । साथै उनले बैंकिङ व्यवसाय व्यापारमूखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको पनि बताए । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनीहरु सबैसंग सहकार्य गर्न सकिने धारणा व्यक्त गरे । साथै उनले एनसीसी बैंकका कर्मचारीसँग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साटेका छन् । बैंकको ७ वटै प्रदेशमा गरि कुल १ सय २८ शाखा कार्यलय, १०७ वटा एटीएम र ८ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्