नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता, औषधि व्यवसायीलाई सहयोग गर्ने उद्देश्य

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच सम्झौता भएको छ । औषधि व्यवसायीको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्न उक्त सम्झौता भएको हो । नबिल बैंकका तर्फबाट एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र नेपाल औषधि व्यवसायी संघका तर्फबाट अध्यक्ष बद्री प्रसाद क्षेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता काठमाडौंको नेपाल औषधि व्यवसायी संघको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो । साझेदारीको बारेमा बोल्दै बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेतले औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर हुने बताए ।

प्रतिकृया दिनुहोस्