नबिल बैंकले ‘हिरोज अफ नेपाल’ आयोजना गरी मास्टर शेफ सन्तोष साहलाई गर्यो सम्मान

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले ‘हिरोज अफ नेपाल’ आयोजना गरी मास्टर शेफ सन्तोष साहलाई सम्मान गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने नेपालीहरूलाई सम्मान गर्ने मञ्चको रुपमा बैंकले सुरु गरेको ‘हिरोज अफ नेपाल’को दोस्रो संस्करणमा साह सम्मानित भएका हुन् ।

साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ । शेफ सन्तोष साह, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र मिस नेपाल अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलमा साहले आफ्नो विगत र सफताको कथा सुनाए ।

बैंकले शेफ साहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको जनाएको छ । साथै बैंकले शेफ साहको गृहनगरमा ई-पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस्