नेपाल बङ्गलादेश बैंकसहित अन्य २ कम्पनीको १ करोड १३ लाख ८० हजार १६१ कित्ता बोनस सेयर सूचीकृत

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकसहित अन्य २ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार मात्रै दुई वाणिज्य बैंक र एक लघुवित्तको गरी एक करोड १३ लाख ८० हजार १६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सो दिन नेपाल बङ्गलादेश बैंक, सेञ्चुरी कमर्शियल बैंक र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ५ गते बिहीबार नेप्सेमा बोनस सेयर सूचीकृत भएको हो । 

नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । त्यस्तै सेञ्चुरी कमर्शियल बैंकको ६१ लाख ८९ हजार ५७९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत अर्थात १ लाख २१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै यी तीन कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने भएको छ । र दोश्रो बजारमा पनि किनबेच गर्न पाइने भएको छ ।

प्रतिकृया दिनुहोस्