नेपाल इन्भेस्टमेन्ट बैंकले सुरु गर्यो ‘एनआईबीएल भी-प्रिपेड इन्टरनेशनल कार्ड’ सेवा,

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबीएल भी-प्रिपेड इंटरनेशनल कार्ड’ सेवा सुरु गरेको छ । बैंकको अनुसार यस भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्नेछन् ।

साथै झन्झट मुक्त अमेरिकी डलर मार्फत विश्वभर ई-कमर्स भुक्तान गर्न सक्नेछन् । बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ । बैंकले हालसम्म ८६ शाखा, १ सय ३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्