नेपाल इन्भेष्टमेण्ट बैंकको ‘पैसा पठाउने’ एप सार्वजनिक, भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ‘पैसा पठाउने’ एप ल्याएको छ । बैंकले उक्त एपमार्फत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने गरी ‘पैसा पठाउने’ एप सार्वजनिक गरेको हो । यस एप मार्फत भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट २४ घण्टा नै नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।

पैसा पठाउने एप सुरक्षित, छिटो र सजिलो भएको बैंकले जनाएको छ । यो एपबाट भारतमा बिदाको दिन पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिने भएको छ । पैसा पठाउने यस एपलाई भारतको केन्द्रीय बैंकले अनुमति दिएको छ । उक्त एप मार्फत भारतमा रहेका नेपालीले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्