एनआईसी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक, विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने

- बैंकिङ संसार
कार्ड प्राप्त गर्नका लागि ग्राहक महानुभावहरूको केवाइस विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहक महानुभावहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई-कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ । उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहक महानुभावहरूले एकैपटक वा पटक-पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्नुहुने व्यवस्था गरिएको छ । बैंकले आलसम्म ३ सय ५२ वटा शाखा कार्यालयहरू, ४ सय ७१ वटा एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।