प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्र शुक्रबारदेखि बिक्री खुल्ला

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले फागुन २८ गते शुक्रबारदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्कासन गरेको हो । कुल ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् । यस्तै छिटोमा चैत्र ३ गतेसम्म र ढिलोमा चैत्र १३ गतेसम्म आवेदन दिन पाउनेछन् । त्यसैगरी बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्