प्राइम कमर्सियल बैंकको ८ वर्षे अवधिको ऋणपत्रमा चैत १३ गतेसम्म आवेदन दिन सकिने

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकको ८ वर्षे अवधिको ऋणपत्रमा चैत १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले फागुन २८ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरिदका लागि चैत १३ गतेसम्म आवेदन दिन सकिने भएको हो । बैंकले ८.७५ प्रतिशत ब्याजदर भएको ३५ लाख कित्ता ऋणपत्र विक्री गरेको थियो । प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको कुल कित्तामध्य २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने भएको छ भने १४ लाख कित्ता सर्वसाधारणमा विक्री गर्ने भएको छ ।

सर्वसाधारणका लागि छुट्याईएको मध्य ५ प्रतिशतका दरले ७० हजार कित्ता ऋणपत्र भने बैंकले सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्काशनमा आएको हो । सार्वजनिक निष्कासनमा आएको उक्त ऋणपत्रमा मात्र आम सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । आवेदन दिँदा विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो सेयरबाट पनि दिन सकिने भएको छ ।

प्रतिकृया दिनुहोस्