सानिमा बैंकको नयाँ शाखा कार्यलय किर्तिपुरमा, मह जोडीद्धारा उद्घाटन

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले सोमबार कीर्तिपूरको पाङ्गा दोबाटोमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।

समुद्घाटन् समारोहमा मह जोडीले बैंकलाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । बैंकले हालसम्म ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्