सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा चैत २३ गते हुने, यस्ता छन् छलफलका मुख्य विषयहरु

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको १६औं वार्षिक साधारणसभा चैत २३ गते सोमबार हुने भएको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लैनचौ ब्याङ्क्वेटमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश पनि पारित गर्ने भएको छ । बैंकको हाल कायम चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय रुपियाँ रहेको छ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्