सनराइज बैंकको ७१औं शाखारहित बैंकिङ सेवा स्याङ्जामा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ११ हेलुमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।

बैंकले पुतलीबजार नगरपालिका वडा नं. ११ हेलु स्याङ्गजामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा यूवराज अर्याललाई नियुक्त गरेको छ । गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछाने, भिरकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शेषकान्त अर्याल, भिरकोट नगरपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद कोईराला समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सन्राइज बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेल, वालिङ्ग शाखाका शाखा प्रवन्धक ध्रुव प्रसाद लम्साल र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्