तिनाउ मिसन डेभलपमेन्ट बैंकले पठायो आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर

Tinau Mission Development Bank
  • बैंकिङ संसार
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर पठाएको छ । बैंकले माघ १ गतेबाट डिम्याट गराएकाहरुको ६ प्रतिशत बोनस सेयर खातामा पठाएको हो । बैंकले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई खाता डिम्याट गर्न आग्रह गरेको छ ।

यस्तै २०७६ मंसिर २२ गतेपछि कायम भएका सेयधनीले भने बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । यसको लागि सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ००११७२३६७५३ मा कर वापतको रकम जम्मा गर्नुपर्नेछ । त्यसपछि मात्र सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा हुने भएको छ ।

प्रतिकृया दिनुहोस्