सिटिजन्स बैंक र किङ्गस् लाउञ्जबीच सम्झौता, बैंकका कार्डवाहकहरूले विशेष पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र किङ्गस् लाउञ्जबीच सम्झौता भएको छ । बैंक र लाउञ्जबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता भने चैत २९ गते आईतबार भएको हो । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

साथै बैंकले हालैमा युएसइडी इकम कार्डको सुरुवात गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । बैंकले हालसम्म १ सय ६७ वटा शाखा, १ सय १३ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवामार्फत करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्