फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको आव २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित विवरण अनुसार यस लघुवित्तले चैत्र मसान्तसम्म ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तेस्रो त्रैमास सम्म लघुवित्तले ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ ।

प्रतिकृया दिनुहोस्