ग्रीन डेभलपमेन्ट बैंकको ८औं वार्षिक साधारणसभा सम्पन्न, संचालकमा २ जना निर्विरोध निर्वाचित

Green Development Bank
  • बैंकिङ संसार
पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारणसभा पोखराको होटल वाराहीमा सम्पन्न भएको हो । उक्त साधारणसभाले प्रस्तावित ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना संचालकहरु समेत निर्वाचित गरेको छ ।

सभाबाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभामा वोल्दै नवनिर्वाचित संचालक विश्वमोहन अधिकारीले आफ्नो करिव २५ वर्षको बैंकिङ अनुभवले यस बैंकलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने विश्वास लिएको बताए ।

प्रतिकृया दिनुहोस्