महालक्ष्मी विकास बैंकले गर्यो म्यादी बीमा योजना अन्तगर्त ६ लाख बीमा दाबी रकम भुक्तान

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापत हकवालालाई हस्तान्तरण गरेको छ । बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उक्त बीमा कार्यक्रम संचालन गरिरहेको छ ।

बैंकको पालुङस्थित शाखा कार्यालयले म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हकवालालाई प्रदान गरेको हो । थाहा नगरपालिका वडा न. १० का स्व. बिष्णु मगर र थाहा नगरपालिका वडा न. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्ध जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्