मेगा बैंकको क्यूआर कोड सेवा धनगढीको विद्युतिय रिक्सामा

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकको क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुले पाएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमकाबीच रिक्सा चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्