नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच सम्झौता, साना तथा मझौला कर्जा प्रदान गर्ने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच सम्झौता भएको छ । बैंक र संघबीच स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीहरुलाई विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । बैंकका तर्फबाट एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र संघका तर्फबाट अध्यक्ष किशोर नेपालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

साझेदारी पछि प्रमुख बस्नेतले स्थानीय तयारी पोशाक निर्माताहरुलाई व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउने बताएका छन् । यस्तै स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष नेपालले आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन एउटा ठूलो सम्भावना भएको बताए ।

प्रतिकृया दिनुहोस्