नबिल बैंकको नबिल जेन-एन खाता खोल्ने ग्राहकले डाटा प्याकसहित विशेष सुविधा पाउने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकको ‘नबिल जेन-एन’ बचत खाता खोल्ने ग्राहकले २ जीबी डाटा प्याकसहित विभिन्न सेवा पाउने भएका छन् । गत वर्षदेखि संचालनमा ल्याएको उक्त बचत खाता खोल्ने ग्राहकले एनटीसी र एनसेलको २ जीबी डाटा प्याकको विशेष सुविधाका साथसाथै मोबाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्डको पनि सुविधा पाउने बैंकले जनाएको छ ।

बैंकले नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिलाई लक्षित गरेर ‘नबिल जेन-एन’ बचत खाता संचालनमा ल्याएको थियो । ग्राहकलाई डिजिटल बैंकिङको अभ्यास गराउन सहयोग गर्ने भएकाले ‘नबिल जेन-एन’ संचालन ल्याइएको बैंकले जनाएको छ । यस बचत खाताको लोकप्रियता बढेसँगै बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्किन समेत बैंकले आफ्ना ग्राहकलाई आग्रह समेत गरेको छ । साथै बैंकका अनुसार हालसम्म १ लाख भन्दा धेरै ग्राहक यस बचत खातामा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्