नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता संस्थापक सेयर मंगलबारदेखि निष्कासन, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

National Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर निष्कासन भएको छ । कम्पनीको ८० हजार कित्ता संस्थापक समूहको सेयर मंगलबारदेखि बिक्री खुला भएको हो । उक्त सेयरमा प्रतिकित्ता न्यूनतम मूल्य १६०० रुपैयाँको दरले आवेदन दिने सकिनेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने भएका छन् । यस्तै जेठ ३ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पा काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।

प्रतिकृया दिनुहोस्