प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनीसँग बैंक तथा वित्तीय संस्थामा काम गरेको करिब साढे दुई दशकको अनुभव छ ।

नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरेका उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । त्यसपछि उनीले कृषि विकास बैंकको सीइओको रुपमा काम गरेका थिए । उनीले पूर्वाञ्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा पनि काम गरेका छन् । यस्तै सिटौलासँग बीमा संस्थान र नेपाल स्टक एक्सचेन्जमा सञ्चालक, कर्जा सूचना केन्द्रको अध्यक्ष र नेपाल बैंकर्स संघको कार्यसमिति सदस्य भएर काम गरको अनुभव पनि छ ।

प्रतिकृया दिनुहोस्