राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता, व्यवसाय बढाउने उद्देश्य

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता भएको छ । बैंक र टेलिभिजनबीच २०७८ सालको लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्ने भएको छ ।

बैंकका सिइओ किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंकको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले दुवै संस्थाको विश्वास र इमेज बढेर जाने बताए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज वस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्