सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त, साढे ३ दशक लामो अनुभव

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको जेठ ४ गते मंगलबार बसेको ३६२औं सञ्चालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालकमा नियुक्त गरको हो । ज्ञवालीले आगामी असार १ गतेदेखि आफ्नो पदभार ग्रहण गर्ने भएका छन् । सुदेश खालिङको राजिनामा पछि रिक्त रहेको स्वतन्त्र संचालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको हो । सहायक प्रबन्धकबाट बैंकिङ करियर सुरु गरेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे ३ दशक लामो अनुभव रहेको छ ।

यस्तै फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवाली शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित छन् । ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पुर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्