जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४९ प्रतिशत बोनसपछिको सेयरमा मुल्य समायोजन

Janautthan Samudayic Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनसपछिको सेयरमा मुल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ ।

यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३६११ रुपैयाँबाटै सुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५३९५ रुपैयाँमा किनबेच भएको थियो । बुटवलमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ ।

प्रतिकृया दिनुहोस्