माछापुच्छ्रे बैंकद्धारा एमबिएल केएर क्रेडिट सुविधा संचालनमा, आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्य

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबिएल केयर क्रेडिट सुविधा संचालनमा ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाख सम्मको रकम प्रदान गर्ने छ ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुविधा लिन सक्नेछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकहरुले बैंकको वेबसाइट मा (https://www.machbank.com/online-credit) गई क्रेडिट कार्डको लागि आवेदन सक्नेछन् ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सुविधाहरु संचालनमा ल्याउदै आएको छ । ग्राहकहरुले उक्त सुविधा बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिल्यै लिन सकनेछन् ।

प्रतिकृया दिनुहोस्