एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्ने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले जेठ २ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको हो । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ‘एनएमबि ऋणपत्र ८.५-२०८७/८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रति ऋणपत्र १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारण तवरबाट बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउने भएको छ । यस ऋणपत्रमा छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्