नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई दियो वित्तीय विवरण एनएफआरएस ढाँचामा तयार गर्न निर्देशन

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस (एनएफआरएस) ढाँचामा वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले वैशाख २० गते सोमबार एक परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।

बैंकको निर्देशअनुसार अब ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले पनि एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ । २०७८ असार मसान्तको वित्तीय विवरण नै नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस ढाँचामा तयार गर्नुपर्ने छ । हाल वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले यसै ढाँचाअनुसार वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्