रिलायन्स फाइनान्सको ११औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Reliance Finance
  • बैंकिङ संसार
काठमाडौं । रिलायन्स फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बैशाख २२ गते ११औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको प्रस्तावित लाभांश पारित गरेको छ । २२ गते सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघेको छ ।

प्रतिकृया दिनुहोस्